काठमाडौँ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कस्ताे हाेला आगामी साताको मौसम
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहने सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागः
साताको शुरु र अन्त्यमा केही स्थानहरूमा तथा मध्यमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
पहाडी भू-भागः
साताको शुरु र अन्त्यमा केही स्थानहरूमा तथा मध्यमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरु र अन्त्यमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।
तराई भू-भागः
साताको शुरु र अन्त्यमा केही स्थानहरूमा तथा मध्यमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यो साताको शुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएतापनि साताको मध्यमा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।
औसतसँग तुलना गर्दाः
देशका पहाडी भू-भागमा औसत आसपास तथा तराई भू-भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। सबै प्रदेशमा अधिकतम तापक्रम औसतभन्दा बढी र न्यूनतम तापक्रम औसत आसपास रहने सम्भावना रहेको छ।
प्रतिक्रिया