धुलिखेल । काभ्रेकाे बनेपाबाट भकुण्डेबेँसी हुँदै राेशी जाँदै गरेकाे यात्रुबाहक बस शुक्रबार दिउँसाे दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बीपी राजमार्ग अन्तर्गत नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रबिन विष्टका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । उनीहरूको उद्धार जारी छ । केही घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।
बनेपाबाट राेशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस बुच्चाकोटमा दुर्घटनामा परेको थियाे । बस सडकबाट करिब २०० मिटर तल खसेकाे बताइएकाे छ ।
अहिले उद्धार कार्य जारी छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त बसमा २५/३० जना सवार रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया