• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

देशभरका विभिन्न राजमार्गमा पहिरो र बाढीको प्रभाव, कतिपय सडक पूर्णरूपमा अवरुद्ध

देशभरका विभिन्न राजमार्गमा पहिरो र बाढीको प्रभाव, कतिपय सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडक खण्डहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले शुक्रबार बिहान ६:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्णरूपमा बन्द, केही एकतर्फी सञ्चालन र केही स्थानमा समय तोकेर सवारी सञ्चालन गरिएको जनाएको छ ।

काठमाडौंको नागार्जुन–८ ठूलोखोलास्थित सितापाइला–धार्के सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको राजदुवाली–तलपुडुङ सडक हुँदै जाने मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा काभ्रेको बी.पी. राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्तिलोकपथमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रका अरनिको राजमार्गका विभिन्न स्थानमा भने पूर्णरूपमा यातायात अवरुद्ध छ । त्यस्तै दोलखा र रसुवाका केही सडकखण्ड पनि बन्द रहेका छन् ।

गण्डकी प्रदेशमा मनाङ, मुस्ताङ, बागलुङ, म्याग्दी र नवलपरासी (पूर्व) का विभिन्न सडकखण्डमा कतै पूर्ण अवरोध त कतै एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

लुम्बिनी प्रदेशको पाल्पास्थित सिद्धार्थ राजमार्ग र गुल्मीको मदन भण्डारी सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । यस्तै कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिमको भेरी करिडोर तथा मुगुको नाग्म–गमगढी सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा वर्षायाममा विशेष सावधानी अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २२, शुक्रबार ०७:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP