• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

एकै दिन १३ हजार ४०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

एकै दिन १३ हजार ४०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार पनि सुनको मूल्य ह्वात्तै घटेकाे छ । आज प्रतिताेला १३ हजार चार सय रुपैँयाँले मूल्य घटेकाे हाे ।

गत शुक्रबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घटेकाे थियाे । आइतबार पनि १८ हजार आठ सय रुपैँयाँले मूल्य घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार ६०० कायम भएको छ।

गत हप्ता आइतबार २ हजार ४ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार एकै दिन ५ हजार २०० ले बढ्याे । मंगलबार प्रतिताेला ३ सय रुपैँयाँले मूल्य बढ्याे । बुधबार प्रतिताेला ९ हजार ५ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बिहीबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य बढ्याे । शुक्रबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घट्याे ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ३०० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ५०० कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे । तीन दिनमा सुनकाे मूल्य ५२ हजार ७०० ले घटेकाे छ भने चाँदीकाे मूल्य २ हजार ३०५ रुपैंयाँले घटेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १९, सोमबार ०५:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP