• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

स्रोत नखुलेको १४ लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको १४ लाख रकमसहित एक जना पक्राउ

सिरहा । औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजितकुमार यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
इलाम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर भएका २० वर्षीय सिलाश लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाँझोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ९, शनिबार १२:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP