• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह र गगन थापाबीच ३ हजार २ सयकाे मतान्तर

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह र गगन थापाबीच ३ हजार २ सयकाे मतान्तर

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता निकै बढाएका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सो क्षेत्रमा अमरेशले अग्रता ३२ सय मतान्तरले अग्रता बनाएका हुन् ।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सिंहले नौ हजार ३७ मत पाउँदा कांग्रेस सभापति थापाले पाँच हजार ८२८ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना जारी छ ।

यसअघि लगातार तीन पटक काठमाडौं–४ बाट विजयी भएका थापा पहिलो पटक तराई झरेर उम्मेदवार बनेका हुन् । अमरेश भने सर्लाहीमा कांग्रेसबाट टिकट नपाउँदा २०७९ मा स्वतन्त्रबाट उम्मेदवार बनेरसमेत विजयी भएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २३, शनिबार ०२:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP