• २०८३ जेष्ठ १७ | Sun, 31 May 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ।

आजकाे बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। पार्टीले समानुपातिकतर्फ २० सिट पाउने भएको छ ।

निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुने बताइएकाे छ।

गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १, आईतवार ०१:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP