• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

दक्षिण कोरियाको एक कारखानामा भीषण आगलागी हुँदा १० जनाको मृत्यु

दक्षिण कोरियाको एक कारखानामा भीषण आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको मध्य शहर डेजेओनस्थित एक अटो पार्ट्स कारखानामा भीषण आगलागी भएको छ । अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन् । जसमा चार जना बेपत्ता छन् ।

शुक्रबार दिउँसो भएको विस्फोटपछि आगलागी सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा केही कामदारहरू ज्यान जोगाउन भवनबाट हाम फालेका थिए। अधिकांश धुवाँका कारण निस्सासिएर घाइते भए। घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेकाे दक्षिण कोरिया आन्तरिक तथा सुरक्षा मन्त्रालयले जनाएकाे छ।

आगलागी नियन्त्रण र उद्धार कार्यका लागि ५ सयभन्दा बढी अग्नि नियन्त्रक, प्रहरी र आपतकालीन कर्मचारी परिचालन गरिएको थियो।
उद्धार टोलीले दोस्रो तल्लाबाट एक र तेस्रो तल्लामा रहेको जिम क्षेत्रबाट नौ जनाको शव फेला पारेको जनाएको छ।

बाँकी बेपत्ता व्यक्तिहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन।-एजेन्सीको सहयोगमा



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ८, आईतवार ०४:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP