एजेन्सी । गाजाबाट केही महिनाअघि बेपत्ता भएका आफ्ना दुई छोरा घर फर्किएपछि एक प्यालेस्टिनी महिला हर्षविभोर भएकी छिन्।
एक महिनासम्म खोज्दा पनि नभेटेपछि ती आमाको मनमा चिसो पस्यो, उनलाई आफ्ना छाेराहरू जीवित छैनन् भन्ने लाग्यो।
तर पछि उनलाई ती दुवै जना इजरेली सेनाको पक्राउमा परेका र जेलमा भएको सूचना दिइयो।
हमास र इजरेलले सङ्घर्षविराम गरेपछि बन्धक र कैदीबन्द साटफेर गर्दा मोहम्मद र खलिल पनि जेलमुक्त भए। अहिले उनीहरू घर फर्किएका छन्।बीबीसीबाट
प्रतिक्रिया