• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

पाँचपोखरी थाङ्पालमा शिक्षकलक्षित तालिम सम्पन्न

पाँचपोखरी थाङ्पालमा शिक्षकलक्षित तालिम सम्पन्न

सिन्धुपाल्चाेक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना तथा कोलिशन फर रिसर्च ट्रेनिङ एण्ड डेभलपमेन्टको प्राविधिक सहयोगमा शिक्षकलक्षित तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिममा गाउँपालिकाभित्रका विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वरिष्ठ मनोविद् राजन अधिकारीले गर्नुभएको थियो । उहाँले शिक्षकहरूलाई व्यवहारिक सीप, मनोसामाजिक पक्ष र शिक्षण विधिलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागी निर्मला विकले तालिम अत्यन्तै उपयोगी र फलदायी रहेको बताउनुभयो । तालिमले शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमको समापनमा गाउँपालिकाका अध्यक्ष टासी लामाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा टेवा पुर्याउने बताउनुभयो । उहाँले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान दिन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा गाउँपालिकाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १२, बिहीबार १५:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP