• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आजकाे माैसमः देशभर बदली र केही प्रदेशमा वर्षाकाे सम्भावना

आजकाे माैसमः देशभर बदली र केही प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशभरका अधिकांश स्थानमा बादल लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भागको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भाग तथा बागमती प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १४, शनिबार ०१:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP