• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

शुक्रबार साँझदेखि बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आयाे

शुक्रबार साँझदेखि बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आयाे

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि साे सडकमा यातायात सञ्चालनमा आएको हाे ।

जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ ।

शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएकाे थियाे । यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाउँदै आएको थियो ।

बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो ।

फाइल फाेटाे



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १५, आईतवार ०२:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP