काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज पनि नेप्से राताम्मे बनेको छ । आइतबार ७१.०५ अंकले ओरालो लागेको नेप्से सोमबार ४७.७१ अंकले घट्यो । यससँगै नेप्से २ हजार ८३१.३९ विन्दुमा खुम्चिएकाे छ । आज सेन्सेटिभ इन्डेक्स पनि ७.९० अंकले घटेर ४८१.५८ विन्दुमा रोकिएको छ ।
शेयर बजारमा सोमबार ३४१ कम्पनीको एक लाख ५९ हजार ३२८ पटकको कारोबारमा तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर किनबेच भए । जसमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भयो ।
नेप्सेमा आज २६ कम्पनीका मूल्य मात्र बढे । २३७ कम्पनीका शेयर मूल्य ओरालो लाग्दा पाँच कम्पनीका मूल्य स्थिर रह्यो । नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा सबै समूह राताम्मे भए । वाणिज्य बैंक समूहको सूचक १.८६‚ विकास बैंक १.२४‚ फाइनान्स २.००‚ होटेल तथा पर्यटन १.१८‚ जलविद्युत् १.९३ तथा लगानी समूहको उपसूचक १.५९ प्रतिशतले ओरालो लाग्यो।
नेप्सेमा सोमबार चार कम्पनीका मूल्यमा सकारात्मक सर्किट लाग्यो । जसमा रिलायन्स स्पिनिङ मिल्स‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ रिजलाइन इनर्जी लिमिटेड र होटेल फरेस्ट इन लिमिटेड छन्।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडीपावर कम्पनी लिमिटेडको ६८ करोड ४१ लाख ३६ हजार ९९७ रुपैयाँको कारोबार भएको छ।
प्रतिक्रिया