• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ परेका छन् । झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १८ ग्राम ५ सय मिलिग्राम र नगद ३ लाख २ सय ५० रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ बस्ने २७ वर्षीय अन्मोल गजमेर रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटारबाट अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरीसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १६ एम्पुल, फेनारगन १५ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुलसहित पर्वत जलजला गाउँपालिका-७ बासखर्क बस्ने १९ वर्षीय कमल परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८३२० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, कन्काई नगरपालिका-९ नयाँ देउनियाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने देवुलाल राजबंशीसमेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपहानगरपालिका-१० चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१० बस्ने २२ वर्षीय हेमन्त शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ईन्द्रसरोवर गाउँपालिका-२ घर भएका २४ वर्षीय अविशेक बलामीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ७० ट्याब्लेटसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-५ बस्ने २२ वर्षीय सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ बस्ने २० वर्षीय सरोज खवास रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १३ एम्पुल, फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र नगद २१ हजार ७ सय रूपैयाँसहित नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-७ बस्ने ३१ वर्षीय अशोक लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यायल नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुवन बजारबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी गाउँपालिका-९ बस्ने ३१ वर्षीय मोहिचनप्रसाद यादव र ४० वर्षीय बैधनाथ प्रसाद यादव रहेका छन् । प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले बिआर ०५ वाइ ८५३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २३, सोमबार ११:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP