काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका वडानम्बर ११ मा रहेकाे भगवती आधारभूत विद्यालयकाे नवनिर्मित ४ काेठे भवनकाे उद्घाटन सम्पन्न भएकाे छ ।
२०७२ सालकाे बिनाशकारी महाभूकम्पपछि अस्थायी टहरामा सिमित रहेकाे विद्यालयका बालबालिकाले बल्ल सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएका छन् । बालबालिका र विद्यालयकाे दयनीय अवस्था देखेर भवन निर्माणमा जापानीज नागरिक ८२ वर्षिय Ms.Toyoko Tokohira ले सहयाेग गर्नुभएकाे हाे ।
त्यसैगरी विद्यालयलाई फर्निचर, कम्प्युटर, स्टेशनरीलगायतका सामाग्री Smart Solar Nepal Corporation ले उपलब्ध गराएकाे छ । विद्यालयकाे तर्फबाट नयाँ भवन निर्माणकाे जिम्मेवारी र सहजिकरणमा पञ्चलाल लामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा तामाङले सहयाेग गर्नुभएकाे थियाे ।
साेमबार साे विद्यालयकाे उद्घाटन कार्यक्रममा नगरप्रमुख टाेकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल, वडानम्बर ११ का वडाध्यक्ष दिपेन्द्र लामा र सहयाेगी दाताहरु सहभागी हुनुहुन्थ्याे ।

विद्यालयमा शैक्षिक गुणस्तर र संस्थागत विकासमा जिम्मेवार भएर मिहेनत गर्नुहुने प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समितिका परिवारलगायतलाई वडाध्यक्ष दिपेन्द्र लामाले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभएकाे छ ।
प्रतिक्रिया