काठमाडौँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्य बढेको छ। आज प्रतितोला २०० ले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९७ हजार १०० कायम भएको छ ।
गत हप्ता आइतबार मूल्य स्थिर रहेकाे थियाे । साेमबार प्रतितोला २ हजार ६०० ले मूल्य घट्याे भने मंगलबार ४०० ले मूल्य बढेको थियाे । बुधबार प्रतितोला ७ हजार २०० ले मूल्य बढेको थियाे । बिहीबार ४ हजार ३०० ले मूल्य घटेको थियाे भने शुक्रबार २ हजार २०० ले मूल्य बढेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेको छ । आज १५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९७५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया