• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

नेपाली नयाँ वर्षकाे दिन वैशाख १ गते मात्र फुल्ने सलहेश फूलः यस्ताे छ किंवदन्ती

नेपाली नयाँ वर्षकाे दिन वैशाख १ गते मात्र फुल्ने सलहेश फूलः यस्ताे छ किंवदन्ती

सिरहा । धार्मिक पर्यटकीयस्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा नेपाली नयाँ वर्षकाे दिन वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको मंगलबार बिहानैदेखि भिड लागेको छ ।

फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक नयाँ वर्षमा मात्र याे फूल फुल्ने जनविश्वास छ ।

तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको विश्वास गरिन्छ ।

१२ बिघा क्षेत्रफलमा फैलिएको सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा पनि भव्य मेला लागेको छ ।

लहान नगरपालिका वडा नम्बर १२ र २२ मा फैलिएको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ। प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय शहरहरूबाट समेत हजारौँको सङ्ख्यामा पर्यटकहरु आएका छन् ।

भक्तजनहरूले सलहेश र मालिनीको अगाध प्रेमको गाथालाई स्मरण गर्दै पूजापाठ गर्ने गर्दछन् । किंवदन्ती अनुसार हरेक वर्ष वैशाख १ गतेका दिन राजा सलहेशको प्रतीक्षामा मालिनी फूलका रूपमा प्रकट हुने विश्वास गरिन्छ ।

यो अलौकिक दृश्यको अवलोकन गर्न आउने पर्यटक र दर्शनार्थीका कारण फूलबारी क्षेत्र यतिबेला उत्सवमय बनेको छ । स्थानीय प्रशासन र मेला व्यवस्थापन समितिले बढ्दो भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको विशेष व्यवस्था मिलाएको छ । नयाँ वर्षको पहिलो दिन यो अनौठो प्राकृतिक र सांस्कृतिक सम्पदाको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १, मंगलवार १०:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP