कास्की । पोखरा महानगरपालिका-२६ बरालडाँडा डेरा गरी बस्ने ४० वर्षीया उषा रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १९ हजार ४ सय ३७ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
महोत्तरी, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शिव शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया