काठमाडौँ । आज देशभर आंशिक बदलीदेखि सामान्य बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आज बिहानैदेखि देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । तराई भागमा आंशिक बदली रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भाग र देशका बाँकी हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ । मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसोकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
राति देशको हिमाली र पहाडी भागमा साधारणतया बदली रही तराई भागमा आंशिक बदलीकाे सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भाग र देशका बाँकी हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया