• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

कान्छीमाया फाउन्डेशन र बोधिसत्व बिहारकाे सहयाेगमा कपिलवस्तुका २४२ ज्येष्ठ नागरिकलाई सहयाेग

कान्छीमाया फाउन्डेशन र बोधिसत्व बिहारकाे सहयाेगमा कपिलवस्तुका २४२ ज्येष्ठ नागरिकलाई सहयाेग

काठमाडौँ । बुद्ध जयन्तीकाे अवसर पारेर बोधिसत्व बिहार काठमाडौं र कान्छीमाया फाउन्डेशनको सहयोगमा कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण गरिएको छ।

वडा कार्यालयको सिफारिसमा ती सामग्रीहरू वितरण गरिएको हो । कार्यक्रम अन्तर्गत वडामा सूचीकृत २ सय ४२ ज्येष्ठ नागरिकलाई छाता, झुल, हरलिक्स र छडी प्रदान गरिएको छ ।

त्यस्तै, १ सय ७० एकल महिलालाई २५ किलो चामल, दाल, तेल, मसला, सोयाबिनलगायत खाद्यान्न सामग्री वितरण गरिएको छ । वडाभित्रका तीन विद्यालयका ४ सयभन्दा बढी विद्यार्थीलाई झोला र कापी उपलब्ध गराइएको कान्छीमाया फाउन्डेशनका अध्यक्ष दिलबहादुर थाेकरले बताउनुभयाे । उहाँका अनुसार यस्ता कार्यक्रमहरू हरेक वर्ष गर्ने गरिएकाे छ ।

बोधिसत्व बिहारका मुख्य गुरु बही वाङसीसहितको टोलीले सामग्री हस्तान्तरण गरेको हाे । कार्यक्रममा लुम्बिनी विश्वकै महत्वपूर्ण आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै उहाँले यहाँका बासिन्दा बुद्धका सन्तान भएको बताउनुभयाे । वर्तमान समयमा बुद्धका शिक्षाहरू मानव समाजका लागि व्यवहारिक र आवश्यक रहेको उहाँको भनाइ थियो ।

कान्छीमाया फाउन्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बिहारबाट प्राप्त सहयोगलाई देशका विभिन्न स्थानमा वितरण गर्दै आएको जानकारी दिनुभयाे । वडा अध्यक्ष दिरेपकुमार चौधरीले वडाका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला र विद्यार्थीलाई सहयोग उपलब्ध गराउनु सकारात्मक कार्य भएको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा लाभग्राहीहरूका लागि एक सातासम्म निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरिएको छ । उक्त शिविरमा सिद्धार्थ नेत्रालयका प्राविधिकहरूको सहयोग रहेको जनाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २४, बिहीबार ०६:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP