• २०८३ असार ३० | Tue, 14 Jul 2026

मेलम्चीमा विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

मेलम्चीमा विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

सिन्धुपाल्चाेक । मेलम्चीका नगरप्रमुख आइतमान तामाङज्युको अध्यक्षतामा बुधबार नगरपालिकाको सभाहलमा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा (LDCRF) तर्जुमासम्बन्धी एक दिने सूचना सङ्कलन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख तामाङले विपद् व्यवस्थापन कार्यमा स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले वडाध्यक्षहरूको भूमिका अझ महत्वपूर्ण रहने बताउनुभयो । उहाँले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै प्राप्त सूचना, सुझाव र अनुभवलाई व्यवहारिक कार्यान्वयनमा जोडिने धारणा राख्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र तथा वडाध्यक्षहरू नगेन्द्रप्रसाद खतिवडा, पासाङ दोङ र चन्द्रबहादुर तामाङ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २४, बिहीबार ११:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP