• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सिम्थलीको न्यौपाने गाउँमा ५२ वर्षदेखि लालपूर्जाबिहीन नागरिकको मुहारमा मुस्कान

सिम्थलीको न्यौपाने गाउँमा ५२ वर्षदेखि लालपूर्जाबिहीन नागरिकको मुहारमा मुस्कान

काभ्रे । जब भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा धुलिखेल मालपोत र नापीका कर्मचारीसहित सिम्थलीको न्यौपाने गाउँमा पुग्याे । त्यसपछि यहाँका नागरिकमा छुट्टै आनन्दकाे खुशी मिल्याे ।

सिम्थलीका ५२ जना नागरिकले ५२ वर्षदेखि बोकेर हिँडेको पीडा अन्त्य हुने आशा पाल्न थालेका छन् । २०३२ सालदेखि नापी–जग्गा दर्ता छुट परेकाहरूको घरदैलोमै पुगेर मालपोत कार्यालयका कर्मचारीले सर्जमिन प्रारम्भ गरेपछि गाउँभरि खुशीको लहर फैलिएको छ।

लालपूर्जाका लागि पटक–पटक धाएका, धेरै पटक निराश भएर फर्किएका नागरिकहरू आज भने नापी टोली आफ्नै आँगनमा देखेपछि गदगद बने । कहिले प्राप्त होला भनेर शंका र चिन्ताले भरिएका आँखाहरूमा अब भरोसा र राहत चम्किएको छ। “अब हाम्रो नाममा लालपूर्जा आउने भयो,” भन्दै धेरैले आँसु झिम्किँदै धन्यवाद व्यक्त गरे।

यस अभियानमा पूर्ववडा सचिव दिपेन्द्र बस्नेत, स्थानीय नेता केशव महत जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रह्यो। वर्षौंदेखि सरकारी कागजविहीन बस्न बाध्य परिवारहरूले लामो प्रतीक्षापछि पाएको यस आशाले गाउँमा उत्सव झैँ माहोल बनाएको छ।

नापी–जग्गा छुट भएर राज्यले नचिनेको भन्ने पीडा र अपमान सहेर बसेका नागरिकहरूले आज आफूलाई अन्ततः नागरिक अधिकारको सम्मान मिल्दै गएको अनुभूति गरेका छन्। उनीहरूको भाषा एउटै छ, “लामो समयदेखिको चित्कार आज सुनेकोमा धन्यवाद।” यस ऐतिहासिक कदमले न्यौपाने गाउँका नागरिकको भविष्यमा नयाँ प्रकाश बोकेको छ। (याे समाचार हामीले पत्रकार क्रान्ती लामाकाे सहयाेगमा तयार पारेका हाैं ।)



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ७, आईतवार ०३:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP