• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आपत विपद्को साथी रेडक्रसः सन्दर्भ विश्व रेडक्रस दिवस

आपत विपद्को साथी रेडक्रसः सन्दर्भ विश्व रेडक्रस दिवस

राजु सिग्देल
विश्व प्रसिद्ध कर्मयोगी नेपाल रेडक्रस अभियानका संस्थापक जाँ हेनरी ड्युनाले इटालीको सल्फेरिनामा सन् १८५९ मा इटाली, फ्रान्स र अस्ट्रेलियामा भएको युद्धमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दुश्य देखेपछि ड्युनाको मनमा मानवताको पुकार गुञ्जन थाल्यो र उनले सन् १८६२ मा फ्रान्स भाषामा सल्फेरिनाको स्मृति नामक पुस्तक प्रकाशन गरी सबै देशमा एक स्वयंसेवी उद्घार संस्थाको आवश्यकता रहेको र त्यस्तो संस्थालाई अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा मान्यता प्रदान गरिनुपर्ने जस्ता दुरदृष्टी परिकल्पनाका प्रस्ताव विश्वसामु प्रस्तुत गरे । जसले विश्वमा ठूलो चर्चा पायो र वास्तविकताको बाटोसमेत देखाए । ड्युनाले सन् १८६३ मा आफ्ना चार सहयोगीहरुसँग मिलेर घाईतेहरुको उद्घारका निमित्त अन्तर्राष्ट्रिय समितिको नामबाट स्थापना भएको र रेडक्रसले सन् १८७५ मा आएर रेडक्रसको अन्तर्राष्ट्रिय समिति आई सि.आर सि. (ICRC) को नामबाट आजसम्म पनि विश्वभरि क्रियाशील रहेको छ ।

विश्व रेडक्रस अभियानका अंगहरुमा रेडिक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ जेनेभा महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रहरु कुनै पनि राष्ट्रमा रेडक्रस स्थापना गर्न त्यस देशको सरकारले जेनेभा महासन्धीमा हस्ताक्षर गर्न अनिवार्य छ र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएकालाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघलाई संयुक्त राष्ट्रिय संघको महासभामा परिप्रेक्ष्यको हैसियत प्रदान गराई अन्तर्राष्ट्रिय रेडक्रस आयोजनाका सात आधारभूत सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता निर्देशित हुन्छन् । यसरी स्थापित रेडक्रस आजसम्म आइपुग्दा बदलिँदो विश्व परिवेश र घट्दो सामाजिक अन्तरसम्बन्ध र बढ्दो व्यक्तिवादी प्रकृतिले जटिल बन्दै गएको करिब ६३औं वर्षको इतिहासमा केन्द्रीय नेतृत्व नेपाल सरकारको मनोनयनमा सञ्चालित यस घडीमा मानवीय व्यवहार र सहयोगको सन्दर्भमा रेडक्रस अभियानको महत्व अझै बढेर गएको यस अवस्थामा अभियानलाई संस्थागत साथै सांगठनिक ढंगले सक्षम सुदृढ एवं व्यापक बनाउँदै लैजाने र पारित विधानलाई अक्षरसः पालना गर्नु आजको आवश्यकता हो ।

मानवीय सेवा र उद्धार कार्यलाई प्रभावकारी बनाउन यसले थुप्रै चुनौती एवं अप्ठेरोको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । रेडक्रस अभियानलाई राष्ट्रिय, प्रदेश, जिल्ला, पालिका र अन्तर्राष्ट्रिय तहमा परिस्कृत एवं परिमार्जन गर्दै सिर्जनात्मक र रचनात्मक ढंगले प्रयास अपेक्षित भएको छ । साथै कुनै पनि राजनीतिक विचार र वादको प्रभावबाट युक्त गरी एक मात्र मानवीय सेवा रेडक्रस विधान तथा कानूनमार्फत् सामाजिक विकास रेडक्रसको महत्व र विश्वास जित्ने तथा बढेर जाने कुरामा दुईमत नहोला ।

रेडक्रसको सेवा सबै मानव समुदायका लागि अति आवश्यक भएकाले यस ढंगले सबै क्षेत्रबाट सहयोग सद्भाव आर्जन गर्न सक्नुपर्छ । साथै संस्थागत एवं आर्थिकरुपले पनि पारदर्शी र सक्षम हुनु आवश्यक छ । स्रोत र साधनको अभावमा महत्वपूर्ण मानवीय सेवा, राहत उद्घार प्रभावकारी र सहन हुन नसक्ने तथ्यलाई पनि राम्ररी बुझ्न जरुरी छ । रेडक्रस अभियानलाई सामूहिक सहभागिता र रुचिका आधारमा दिगो व्यवस्थापनको माध्यमबाट अगाडी बढाउन सकिएमा मात्र यस अभियानबाट विश्व मानव समुदाय लाभान्वित हुनुका साथै यसको लक्षित उद्देश्यले व्यवहारिक रुप लिन सक्छ ।

रेडक्रस अभियानको महत्व दिन प्रतिदिन बढ्दै र अपरिहार्य बन्दै गएको छ यस परिप्रेक्ष्यमा विद्यमान सामाजिक आर्थिक दलीय चुनौतीहरुलाई सामना गर्दै निकट भविष्यमा आइपर्ने सम्भावित मानवीय प्राकृतिक एवं दैविक विपति र समस्याबाट मानव समुदायमा नकरात्मक प्रभाव पर्न सक्छ । प्रति दुःख र जोखिमलाई न्यूनिकरण गर्ने मानवीय सहयोग र उद्घार कार्यलाई व्यवस्थित र समयानूकुल बनाउन रेडक्रस सोसाइटीलाई पूर्णता प्रदान गराई सुदृढ बनाउनु एक मात्र विकल्प देखिएको छ ।

संस्था संचालनको प्रक्रियाको प्रक्रियामा जवाफदेहिता र पारदर्शीता भएन भने नेतृत्वमा र संस्थाप्रति नै प्रश्न उठ्छ र संस्थाप्रतिको विश्वास जोगाई राख्न मुस्किल हुन्छ ।

हाल विश्वका १९२ भन्दा वढी देशमा राष्ट्रिय रेडक्रस सोसाईटीहरुको स्थापना गरिएको छ । स्थापित केही निकाय सक्षम भरपर्दाे र सांगठनिक रुपले सुदृढ छन् भने केहीको अवस्था अझै कमजोर छ । स्वयंसेवकहरुको उत्साह र साहसका भरमा मात्र अस्तित्व मापन गरी रेडक्रस अभियानलाई मानव जीवनको अभिन्न अंग बनाउन रेडक्रसका प्रत्येक अंगहरुलाई सक्षम क्रियाशील र भरपर्दो तुल्याउन रेडक्रस सोसाइटीलाई नै थप कसी लगाई रेडक्रस अभियानलाई जनतामाझ पुर्याउने र जनतालाई स्वतः स्फूर्तरुपमा यस अभियानमा सरिक गराउने कार्यमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गरी रेडक्रस अभियानको उद्देश्य परिमार्जित विधानको मर्म र आवश्यकता अनि महत्वलाई विभिन्न माध्यम विचार र दृष्टिकोणबाट जनस्तरमा पुर्याउन जनता र सरकारबीच पुलको काम गर्ने दिशामा राष्ट्रिय रेडक्रस सोसाइटीले थप दायित्व र जिम्मेवारी लिई बहन र क्रियाशील हुनुपर्ने खाँचो अनुभव गरिएको छ ।

रेडक्रस अभियान मानवीय सुरक्षा सहयोग र सदभाव अभिवृद्घि गर्ने सामाजिक अभियान भएकाले यसको प्रयोग मानव कल्याण शान्ति र सद्भाव उद्देश्य पूर्ति गर्ने र भावी पुस्तालाई सामाजिकीकरण गर्दै मानवीय व्यवहार र संवेदना पुनस्र्थापित एवं पुनः गतिशील बनाउन सबै क्षेत्रको प्रतिबद्घता र सहयोग अपेक्षित हुन्छ । विश्वमा रेडक्रसका गतिविधि यसको उद्देश्य अनि ती उद्देश्यहरुको कार्यान्वयको कार्यशैलीबाट तयार भएको जनशक्तिले संकट घटाउन योगदान पुगेको छ । तसर्थ, रेडक्रसका गतिविधि सञ्चालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यसको छवि उच्च राख्नु आवश्यक छ ।

राष्ट्रिय रेडक्रसका रुपमा नेपाल रेडक्रसको केही वर्षदेखि छवि जोगाउनु प्रमुख चुनौतीका बीचमा पारित विधान र यसको कार्यान्वयमा सतर्कताका साथ महत्वाकांक्षीविहीन बनाई गैरसरकारी संस्थासँग तुलना गरी एकै हैसियत बनाइएको संस्थाको अब्बल पहिचानका लागि कार्यरत स्वयंसेवकहरुले जवाफदेहिता र पारदर्शिता संस्थाप्रति आम जनता, राज्य, समुदाय र दातृ संस्थाले विश्वास गर्ने आधारसहितको गतिशीलताका लागि यसै दिवसबाट प्रेरणा मिलोस् । जय रेडक्रस ।। (लेखक नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री हुनुहुन्छ)



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार ०७:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP