• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको अध्यक्षमा पुन: थापा

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको अध्यक्षमा पुन: थापा

पाण्डव अधिकारी
सिन्धुपाल्चाेक । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सिडीईसीएफ नेपाल)को २७ औँ वार्षिक साधारण सभा एवम् ११ औँ अधिवेशन सम्पन्न भएको छ ।

इन्द्रावती गाउँपालिका-७ सिपापोखरेस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न अधिवेशनले पुन: रामजी थापाको अध्यक्षतामा नौ सदस्ययीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः ईश्वरीप्रसाद अधिकारी, सरस्वती अधिकारी, नरेन्द्र आचार्य र लक्ष्मी कोइराला रहनु भएको छ ।

त्यसैगरी समितिका सदस्यहरुमा मुरारीप्रसाद सापकोटा, मानबहादुर वयलकोटी, मने माझी र कुसुम दनुवार चयन हुनु भएको छ ।अधिवेशनले डुमबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति छनौट गरेको छ । समितिको सदस्यहरुमा गणेशजंग शाही र रिता सापकोटा रहनु भएको छ ।

त्यसैगरी संस्थाका पूर्वअध्यक्ष शारदाप्रसाद सापकोटाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन भएको छ । सल्लाकार समिति सदस्यहरुमा केदारनाथ आचार्य, राधा सापकोटा, राधिका तिमल्सिना, सञ्चमाया तामाङ, गोपाल विक र रामप्रसाद श्रेष्ठ रहनु भएको छ । अधिवेशनसँगै संस्थाको सामाजिक लेखा परीक्षणसमेत सम्पन्न भएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले संस्थाको सहयोगबाट विपन्न परिवारको वार्षिक आम्दानी वृद्धि भई उनीहरुको जीविकोपार्जनमा टेवा पुगेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालले संस्थाबाट सञ्चालन भएका कार्यक्रम व्यवस्थित, पारदर्शी र प्रभावकारी भएकोमा खुसी व्यक्त गर्नुहुँदै आगामी दिनमा अझ जन अपेक्षा योजना र गुणस्तरीय कार्यसम्पादनमा जोड दिनुभयो । साधारण सभाले आर्थिक बर्ष २०८१/०८२ को प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २६, शनिबार २०:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP