• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

एसईई-२०८२ काे परीक्षाफल सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण

एसईई-२०८२ काे परीक्षाफल सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) -२०८२ को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले साेमबार नतिजा सार्वजनिक गरेको हो । जसअनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । साेही निर्णय अनुसार साेमबार नतिजा सार्वजनिक गरिएकाे हाे ।

नतिजा अनुसार GPA-1.60 देखि 2.0 ल्याउनेकाे संख्या ७ जना रहेकाे छ । यस्तै GPA-2.0 देखि 2.40 ल्याउने ५ हजार १९० जना, GPA-2.40 देखि 2.80 सम्म ल्याउनेकाे संख्या ५५ हजार ९७७ जना रहेका छन् ।

यसैगरि GPA-2.80 देखि 3.20 सम्म ल्याउनेकाे संख्या ९४ हजार २२२, GPA-3.20 देखि 3.60 सम्म ल्याउने ८० हजार ३७२, र GPA- 3.60 देखि 4.0 ल्याउनेकाे संख्या ४८ हजार ३९२ रहेकाे बोर्डले जनाएकाे छ ।

समग्रमा ननग्रेडेड १ लाख ४६ हजार ५०७ र ग्रेडेड २ लाख ८४ हजार १६० जना रहेका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २८, सोमबार २१:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP