• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

भालेश्वर माविको ६९ औं वार्षिकोत्सव सम्पन्न, एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

भालेश्वर माविको ६९ औं वार्षिकोत्सव सम्पन्न, एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

काभ्रे। पनौतीको भालेश्वर माध्यमिक विद्यालयले आफ्नो ६९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने रहनुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख गीता बञ्जरा, वडा नं. ८ का वडा अध्यक्ष वेदप्रसाद बञ्जरा लगायत विभिन्न शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष अतिथि भने शिक्षा समन्वय इकाई काभ्रेका प्रमुख सविता ढुङ्गाना हुनुहुन्थ्यो।

वार्षिकोत्सवको अवसरमा विद्यालयले शैक्षिक, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो। साथै, यस वर्षको SEE परीक्षामा उत्तीर्ण भएका ११० विद्यार्थीहरूलाई पनि विशेष सम्मान तथा पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विद्यालयको शैक्षिक विकास तथा विद्यार्थीहरूको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै गुणस्तरीय शिक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी तथा विद्यार्थी–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। विद्यालयको शैक्षिक तथा सामाजिक योगदानलाई अझ सशक्त बनाउने उद्देश्यसहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २, शनिबार १६:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP