• २०८३ असार ३० | Tue, 14 Jul 2026

शब्दयात्रा प्रकाशनद्वारा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनद्वारा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति समर्पण

बनेपा । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये आर्थिकरूपमा विपन्न तर पढाइमा अब्बल रहेका कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयको सिफारिसका आधारमा समर्पण गरेको छ ।

छात्रवृत्तिका कोष व्यवस्थापक शेखरप्रसाद ढुङ्गानाको समुपस्थितिमा उहाँका छोरा अभय ढुङ्गानाले विद्यार्थीलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र तथा छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरू छनोट गरी पठाइदिएकोमा विद्यालयलाई आभारपत्र समर्पण गर्नुभएको थियो । छात्रवृत्तिको प्रमाणपत्र वाचन पुण्यवती घलेले गर्नुभएको थियो ।

यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शिक्षासेवी शेखरप्रसाद ढुङ्गानाले आफ्ना मातापिता दिव्यवती ढुङ्गाना र कान्तुप्रसाद ढुङ्गानाको स्मृति तथा सम्मानमा गर्नुभएको हो ।

छात्रवृत्ति प्राप्त गर्नेहरूमा करथरी माध्यमिक विद्यालय काभ्रेभन्ज्याङमा अध्ययनरत कक्षा १ का नरेन्द्र परियार, कक्षा २ का कृष्ण मिजार, कक्षा ३ की सुजिता सुनुवार, गणेश माध्यमिक विद्यालय भमरकोटमा अध्ययनरत कक्षा ४ की सभ्यता तिमल्सिना, कक्षा ५ की सुनिसा तिवारी, कक्षा ६ की डोल्मो तामाङ, पुण्य माध्यमिक विद्यालय पनौतीमा अध्ययनरत कक्षा ७ का रोहन विक, कक्षा ८ की प्रनुसा दाहाल, भालचन्द्र माध्यमिक विद्यालय मानेदोभानमा अध्ययनरत कक्षा ९ का रोशन तामाङ र कक्षा १० की लक्ष्मी तामाङ रहेका छन् ।

छात्रवृत्ति समर्पण समारोह जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १०, आईतवार १५:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP