• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

शब्दयात्राद्वारा प्रकाशित ‘भूस्वर्गको सुवास’ र ‘भागवत एक परिचय’ सार्वजनिक

शब्दयात्राद्वारा प्रकाशित ‘भूस्वर्गको सुवास’ र ‘भागवत एक परिचय’ सार्वजनिक

बनेपा । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई कृति मङ्सिर २७ गते सार्वजनिकीकरण गरिएका छन् ।

डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भूस्वर्गको सुवास’ कृतिकार डा. इन्दुल केसी र लेखक रत्नकुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो ।

यसैगरी केदारनाथ तिमल्सिनाद्वारा सङ्कलित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भागवत एक परिचय’ कृतिकार केदारनाथ तिमल्सिना र गायक प्रताप रानाले सार्वजनिक गर्नुभएको थियो ।

दुवै कृतिको परिचय नवराज दाहाल ‘उत्साही’ ले गराउनुभएको थियो । यीसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कृतिको सङ्ख्या २६५ पुगेको संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २८, आईतवार ०१:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP