• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

‘एल. सि’ का चार मुक्तक

‘एल. सि’ का चार मुक्तक

  • श्याम शर्मा एल. सि

मुक्तक-१
टाढिएर अचेल एक्लोपनको रोगी बनाएका छन्
सबैले भुल्नै नसक्ने यादहरुको भोगी बनाएका छन् ।
के देख्यौ र म मा आश राख्यौ तिमीले, प्रिय
मलाई त आफ्नाहरुले नै लुटेर जोगी बनाएका छन् ।।

मुक्तक-२
प्रेम लाउन आउनेले जिउँदै मारेर गए
मनको डेरा अन्तै पराईतिर सारेर गए ।
आँखा हेरेर पीडा बुझ्छु भन्नेले नै अक्सर
आँखैभरि टिलपिल आँसु थुपारेर गए ।।

मुक्तक-३
जाँदाजाँदै एउटा नाता टुटाएर गयौ
बीच बाटोमै थामेको हात छुटाएर गयौ ।
यो मनमा तिम्रो तस्विर छापेको थिएँ
लुटी लग्यौ तस्विर मुटु फुटाएर गयौ ।।

मुक्तक-४
शंका त पहिले नै मलाई तिम्रो चालामा परेको थियो
जब प्रेम प्रस्तावको जवाफ यो गालामा परेको थियो ।
अब आउनेहरुलाई पनि खै कुन फूलले स्वागत गरौं
गुलाफ त पहिलो स्वागतमै कसैको पैतालामा परेको थियो ।।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ६, आईतवार १४:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP