• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, संसदमा प्रधानमन्त्रीकाे जवाफ माग

प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, संसदमा प्रधानमन्त्रीकाे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालनमा विपक्षी सांसदले अवरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को जवाफ माग गर्दै मंगलबार उनीहरूले सदन सञ्चालनमा अवरोध गरेका हुन् ।

त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधामन्त्रीले छिटै संसद्‌मा सम्बोधन गर्ने बताए । उनले विपक्षी सांसदलाई आसनमा बस्न आग्रह गरे । त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरू नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीलाई पालैपालो बोल्न दिएका थिए । तर, विपक्षीले आफ्नो अडान कायम राखेका छन् । आसनमा उभिएर उनीहरूले विरोध गरिरहेका छन् ।

यसैबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा आएर जवाफ दिनुपर्ने माग जायज भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षीले प्रधामन्त्रीको जवाफ माग्दै सदन अवरोध गरेपछि उनले यस्तो बताएका हुन् ।

सभामुख अर्यालले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग संविधानतः र नियमावली, कानुनसंवत भएको बताए । “जनताको माग पनि त्यही हो,” उनले भने । तर विपक्षीहरूले प्रधानमन्त्री शाह सदनमा नआउँदै सदनको कारबाही अगाडि नबढाउन माग गरेपछि विपक्षीकाे अवराेधका बीच सभामुखले सदनकाे कारबाही अघि बढाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार १५:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP