• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीलाई दुईदिने एड्भान्स तालिम

सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीलाई दुईदिने एड्भान्स तालिम

सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीहरुलाई District Health Information Software 2 (DHIS2) सम्बन्धी दुईदिने एड्भान्स तालिम सम्पन्न भएको छ । चौतारामा आयोजित तालिममा पालिकाका स्वास्थ्य शाखा प्रमुखलगायत प्रतिनिधि, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले सबैको सामूहिक प्रयासबाट मात्र प्रभावकारी सफलता हासिल गर्न सकिने बताउँदै तालिमबाट सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले सिकाइलाई निरन्तरता दिन सके मात्र उपलब्धि हासिल गर्न सकिने भएकाले यसलाई निरन्तर अभ्यास र प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी फेयरमेडका टिम लिडर डम्बरसिं गुरुङ ले DHIS2 को आधारभूत ज्ञानसँगै थप प्राविधिक जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तालिमबाट सिकेका कुरालाई आफ्ना संस्था तथा पालिकामा सहजीकरण गर्दै कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिमको सहजीकरण विज्ञ अनिल थापा र दिवाकर सापकोटाले गर्नुभएको थियो ।

स्वास्थ्य क्षेत्रको कामलाई प्रभावकारी बनाउन तथा अभिलेखीकरण प्रणालीलाई व्यवस्थित गर्न District Health Information Software 2 (DHIS2) सम्बन्धी यस्तो तालिम महत्वपूर्ण रहेको महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार २१:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP