काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका ४१ वर्षीय भीम लामा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दैलेख गुराँस गाउँपालिका-३ घर भएका ३९ वर्षीय खड्कध्वज शाही रहेका छन् ।
पक्राउ मध्ये भीमले युरोपका विभिन्न देशहरू पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ र खड्कध्वजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भीमलाई काठमाडौं महानगरपालिका-११ र खड्कध्वजलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ४१ वर्षीय राजु भन्ने राजुन मालीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित श्री सन्त तुलसी दास (फ्रुट सेन्टर) बाट स्रोत नखुलेको नगद १२ लाख १५ हजार १५ रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्रुट सेन्टरका संचालक काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५० वर्षीय शंकर साह, ललितपुर ईमाडोल बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३३ वर्षीय भिमसेन तिमल्सिना र सप्तरी घर भएका ४० वर्षीय प्रमोदकुमार यादव रहेका छन् । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिको प्रहरीले फ्रुट सेन्टर तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ
काठमाडौं, अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नविन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नविनले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा Smile your choice र Vapemandu Traders Pvt. Ltd. नामक पसल संचालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेपसमेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ४१ वर्षीय राजु भन्ने राजुन मालीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया