• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

काभ्रे बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रे बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो ।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ३०, शनिबार १८:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP