• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः देशका सबै प्रदेशमा वर्षाको सम्भावना

आजकाे माैसमः देशका सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको हिमाली र पहाडी भागका साथै कोशी प्रदेशको तराई भागमा साधारणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

राति देशको हिमाली र पहाडी भाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा अन्य तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २, मंगलवार ०६:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP