मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित मेलम्ची नगर योग समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
मेलम्ची नगर योग समिति अध्यक्ष विजयकुमार दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा गङ्गा नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै योगको महत्व र यसको नियमित अभ्यासले स्वस्थ जीवनयापनमा पुर्याउने योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले योगको नियमित अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्वस्थ जीवनशैलीका लागि योगलाई दैनिक अभ्यासका रूपमा अपनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष विजयकुमार दुलालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पूर्व वडाध्यक्ष रुद्रप्रसाद दुलाललगायत विभिन्न व्यक्तित्वहरूको आतिथ्यता रहेको कार्यक्रममा योग साधक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया