काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा झण्डै १ हजार ३ सय नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ वैशाख मसान्तसम्मको अवधिमा एक हजार २९४ जना नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।
२०८३ वैशाखमा मात्र १५३ जना नेपालीको मृत्यु भएको बोर्डको तथ्यांक छ । पछिल्लो १० वर्ष १० महिनामा वैदेशिक रोजगारीका सिलसिलामा ११ हजार ९८८ जना नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना, २०७३/७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जना नेपालीले ज्यान गुमाएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जना, २०७८/७९ मा एक हजार ३९५ जना, २०७९/८० मा एक हजार २०८ जना, २०८०/८१ मा एक हजार ४५८ जना, २०८१/८२ मा एक हजार ५८३ जना र चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो १० महिनामा एक हजार २९४ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको बोर्डको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया