• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्रिय कफी विकास बोर्डद्वारा काभ्रेकाे महाभारत गाउँपालिकालाई उत्कृष्ट सम्मान

राष्ट्रिय कफी विकास बोर्डद्वारा काभ्रेकाे महाभारत गाउँपालिकालाई उत्कृष्ट सम्मान

महाभारत (काभ्रे) । “उत्पादनसँगै समृद्धि महाभारत” महाअभियान अन्तर्गत काभ्रेकाे महाभारत गाउँपालिकाले कफी उत्पादन तथा बजारीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस उपलब्धिले गाउँपालिकावासीलाई थप उत्साहित र प्रेरित बनाएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालका स्थानीय सरकारहरूमध्ये कफी उत्पादन वृद्धि तथा बजारीकरणमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै महाभारत गाउँपालिकालाई विशेष सम्मान प्रदान गरेको हो ।

त्यसैगरी, नेपालका विभिन्न जिल्ला तथा स्थानीय तहबाट प्राप्त ३२ वटा कफी ग्रीन बिन्स (Green Beans) नमुनाको परीक्षण, ग्रेडिङ तथा स्कोरिङ गर्दा महाभारत गाउँपालिकाका दुई नमुना उत्कृष्ट स्थान हासिल गर्न सफल भएकाे छ ।

गाउँपालिका–५ चौडिक क्षेत्रस्थित साना किसान सहकारी संस्थाले पठाएको कफी नमुनाले ८६ अंक प्राप्त गर्दै नेपालभर दोस्रो स्थान हासिल गरेको छ। त्यसैगरी, वडा नं. ३/४ फोक्सिन्टार–महादेवटार क्षेत्रस्थित दोगा कृषि फर्मले पठाएको नमुनाले ८४.५ अंक प्राप्त गर्दै नेपालभर तेस्रो स्थान हासिल गरेको छ।

यस उल्लेखनीय सफलताप्रति गाउँपालिका अध्यक्ष जिम्बाले सम्पूर्ण महाभारतवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै “उत्पादनसँगै समृद्धि महाभारत” महाअभियानलाई अझ प्रभावकारीरूपमा अघि बढाइने बताउनुभयो ।

उहाँका अनुसार आगामी दिनमा महाभारतलाई देशकै उत्कृष्ट कफी उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित कफी खेतीको विस्तार, गुणस्तर अभिवृद्धि र बजारीकरणलाई थप सुदृढ गरिनेछ। “चिया हेर्न इलाम जाने भनेझैँ, कफी हेर्न महाभारत जाने” भन्ने पहिचान स्थापित गर्ने उद्देश्यका साथ गाउँपालिकाले आफ्नो अभियानलाई निरन्तरता दिने अध्यक्ष जिम्बाले बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २१, आईतवार १६:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP