काठमाडाैं । २०८३ असार २३ गते मंगलबार, तदनुसार ७ जुलाइ २०२६ ।
मेष
धैर्यता र संयम राख्नुभयो भने बेलुकीसम्म रोकिएका कामहरू बिस्तारै सुल्झिनेछन् । स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ, त्यसैले खानपान र आराममा विशेष ध्यान दिनुहोला । आर्थिक लेनदेन गर्दा सजग रहनुहोला ।
वृष
लामो समयदेखि रोकिएका अधुरा कामहरू मित्रजन र परिवारका सदस्यहरूको सहयोगमा सफलतापूर्वक सम्पन्न हुनेछन् । आर्थिक पक्ष बलियो रहनेछ र आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् ।
मिथुन
कार्यक्षेत्रमा देखिने चुनौती र प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्दै आफ्नो वर्चस्व कायम गर्न सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा राम्रो मुनाफा कमाउने योग छ । वैदेशिक कार्य, रोजगार वा लामो दूरीको यात्राको तयारीमा हुनुहुन्छ भने आज सकारात्मक सुरुवात हुन सक्छ ।
कर्कट
बौद्धिक, साहित्यिक र रचनात्मक काममा रुचि बढ्नेछ । सन्तान वा परिवारका तर्फबाट कुनै सुखद र उत्साहजनक समाचार सुन्न पाइनेछ । प्रेम जीवनमा सामीप्यता बढ्नेछ भने मित्रहरूसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ ।
सिंह
मनमा अलि अस्थिरता, अलमल वा उदासिनता छाउन सक्छ । महत्वपूर्ण निर्णयहरू हतारमा वा आवेशमा आएर नगर्नुहोला, अन्यथा नोक्सानी हुन सक्छ । घरजग्गा, सवारी साधन वा भौतिक साधनको खरिदबिक्री गर्दा कागजपत्र राम्रोसँग जाँच्नुहोला ।
कन्या
नयाँ काम हातमा लिने साहस जुट्नेछ । दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ प्रगाढ र सहयोगी बन्नेछ । छोटो दूरीको फलदायी र मनोरञ्जनात्मक यात्राको सम्भावना देखिन्छ ।
तुला
लामो समयदेखि फसेको वा रोकिएको धन अचानक फिर्ता हुन सक्छ । बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा बैंकिङ, सञ्चार, कला वा वकालत क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई विशेष सफलता मिल्नेछ । बोलीकै भरमा आफ्ना कामहरू फत्ते गर्न सकिनेछ ।
वृश्चिक
नयाँ योजना वा कार्यको सुरुवात गर्नका लागि समय निकै अनुकूल छ । समाज र कार्यक्षेत्रमा तपाईंको कामको उच्च मूल्यांकन हुनेछ, जसले गर्दा सामाजिक उचाइ र मान–प्रतिष्ठा बढ्नेछ । कला, साहित्य वा फेसनमा रुचि बढ्नेछ भने स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।
धनु
आज आम्दानीको तुलनामा खर्चको मात्रा अलि बढ्न सक्छ, त्यसैले बजेट सन्तुलनमा राख्न र फजुल खर्च नियन्त्रण गर्न आवश्यक छ । स्वास्थ्यमा केही समस्या, विशेषगरी आँखा वा खुट्टामा कष्ट वा अनिद्राको समस्या देखिन सक्छ ।
मकर
आम्दानी र लाभका नयाँ–नयाँ स्रोतहरू फेला पर्नेछन् । उद्योग, व्यापार वा व्यवसायमा विशेष फाइदा हुने र आर्थिक स्थिति सुदृढ बन्ने समय छ । पुराना साथीभाइ, सहयोगी र अग्रजहरूको पूर्ण सहयोग प्राप्त हुनाले रोकिएका कठिन कामहरू पनि सहजै बन्नेछन् ।
कुम्भ
राजनीतिक वा प्रशासनिक क्षेत्रमा हुनुहुन्छ भने वरिष्ठ अधिकारी वा हाकिमको मन जित्न सफल हुनुहुनेछ । नयाँ व्यावसायिक सम्झौता वा साझेदारीको काम अगाडि बढ्न सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ ।
मीन
लामो समयदेखि रोकिएका धार्मिक, सांस्कृतिक वा मांगलिक कार्यहरू अगाडि बढ्नेछन् । दूरदराजको यात्रा वा वैदेशिक कार्यमा सोचे अनुरूप सफलता मिल्नेछ । अध्यात्म र दर्शनतर्फ रुचि बढ्नेछ ।
प्रतिक्रिया