• २०८३ असार ३० | Tue, 14 Jul 2026

आजकाे माैसमः देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजकाे माैसमः देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा वर्षा धेरै भइरहेको छ ।

देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागको एक,दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस र लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

राति देशभर अधिकांश बादल लाग्नेछ । हिमाली भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका साथै सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको पहाडी र तराई भागको थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशको पहाडी र तराई भागको एक,दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २३, मंगलवार ०६:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP