काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज प्रतितोला १ हजार ९०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार कायम भएको छ ।
गत हप्ता आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार २ हजार ८०० रूपैंयाँले मूल्य घट्याे । यस्तै मंगलबार १ हजार २०० ले मूल्य घटेकाे थियाे ।
यस्तै बुधबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे भने बिहीबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । शुक्रबार ३ हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ४० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार २४० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया