• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

पाँचखाल-ढाडखोला सडक स्तरोन्नतिमा ढिलाइ, जोखिमयुक्त ठाउँमा मण्डनदेउपुर नगरपालिकाद्वारा मर्मत सुरु

पाँचखाल-ढाडखोला सडक स्तरोन्नतिमा ढिलाइ, जोखिमयुक्त ठाउँमा मण्डनदेउपुर नगरपालिकाद्वारा मर्मत सुरु

काभ्रे । हेलम्बु राजमार्ग अन्तर्गत पर्ने पाँचखाल–ढाडखोला सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन भई आधिकारिकरूपमा काम सुरु भए पनि सम्बन्धित निकायले समयमै आफ्नो जिम्मेवारी पूरा नगर्दा निर्माण कार्य प्रभावकारीरूपमा अघि बढ्न सकेको छैन ।

मण्डनदेउपुर नगरपालिकाले संघीय तथा प्रदेश सरकारका माननीयहरू, सम्बन्धित कार्यालयहरू, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय, सहकार्य र आवश्यक पहल गर्दै आएको भए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको जनाएको छ ।

नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्दै नगरपालिकाले अत्याधिक जोखिम भएका सडक खण्डहरूमा आफ्नै स्रोतबाट तत्काल मर्मत कार्य सुरु गरेको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाको यो प्रयासले तत्कालका लागि जोखिम न्यूनीकरणमा सहयोग पुग्ने भए पनि सम्पूर्ण समस्या समाधान हुन नसक्ने भएकाले सम्बन्धित निकायले सडक स्तरोन्नतिका लागि आवश्यक स्थायी समाधान यथाशीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको छ।

उपप्रमुख नेपालले हेलम्बु राजमार्ग अन्तर्गतको उक्त सडक खण्डको दिगो स्तरोन्नतिका लागि सम्बन्धित निकायको शीघ्र ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार १८:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP