• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः पाँच वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

आजकाे माैसमः पाँच वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ ।

साथै मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको पहाडी र तराई भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १४, बिहीबार ०६:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP