• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पहिरोका कारण देशका पाँच वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

पहिरोका कारण देशका पाँच वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ। विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशका प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

त्यस्तै, पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फीरूपमा सञ्चालनमा रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार ०३:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP