• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएकाे भन्दै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु ५ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो ।

निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेशन (IOC) बाट २०८३ साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य २०८३ साउन १८ गते बिहान १:०१ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १९७.५०, दोस्रो वर्गमा रु. १९९ र तेस्रो वर्गमा रु. २०० कायम गरिएको छ । त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा रु. १९७.५०, दोस्रो वर्गमा रु. १९९ र तेस्रो वर्गमा रु. २०० प्रतिलिटर निर्धारण गरिएको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु. २४९ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार भएको वृद्धिका कारण मूल्य समायोजन गरिए पनि निगमलाई मासिक करिब रु. १ अर्ब ४९ करोड घाटा हुने अनुमान गरिएको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न तथा वर्तमान परिस्थितिमा सहयोग गरिदिन आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १७, आईतवार २२:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP