• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

बिन्धवासिनीमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

बिन्धवासिनीमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र DSIK को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष तथा शिक्षा–तालिम उपसमितिका संयोजक रामहरी तिमल्सिनाको सभापतित्वमा सम्पन्न समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका कोषाध्यक्ष दीपक थापाले बिन्धवासिनी सहकारी काभ्रेको मात्र नभई देशकै उत्कृष्ट सहकारीमध्ये एक रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता तालिमले सदस्यहरूलाई व्यवसायमुखी र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै नेफ्स्कुनले बिन्धवासिनी सहकारीसँग आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा उच्च व्यवस्थापनको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तालिमका सहभागी दिनेशप्रसाद अधिकारी र सरिता नेपालले व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक सदस्यहरूका लागि तालिम निकै प्रभावकारी, व्यावहारिक र फलदायी भएको अनुभव सुनाउनुभयो ।

गत साउन १९ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा विभिन्न क्षेत्रका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कुनका खिलनाथ लुइँटेल र राधा पौडेलले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २१, बिहीबार २०:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP