काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ ।
हाल कोशी र बागमती प्रदेशका केही ठाउँ तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश र सुदूरपश्चिमको तराई भागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ ।
तराई क्षेत्रतर्फ मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भागका थोरै स्थान तथा सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया