• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको आयोजनामा सहकारी सेवा संस्कार रुपान्तरण तालिम

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको आयोजनामा सहकारी सेवा संस्कार रुपान्तरण तालिम

धुलिखेल । काभ्रेपलाञ्चोकमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको सेवा क्षमता तथा व्यवहारिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सहकारी सेवा संस्कार रुपान्तरण तालिम सम्पन्न भएको छ । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकको आयोजनामा सञ्चालित तालिममा जिल्लाका १५ वटा विभिन्न सहकारी संस्थाबाट अग्रभागमा रहेर सेवा प्रवाह गर्ने ५० जना कर्मचारीको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले सहजीकरण गर्नुभएको थियो । तालिममार्फत सहकारी संस्थाका कर्मचारीमा सेवाग्राहीसँगको व्यवहार, सेवा संस्कार, कार्यक्षमता तथा संस्थागत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।

क्लबले आफ्नो छैटौँ स्थापना दिवसको अवसर पारेर शनिबार काभ्रेकाे धुलिखेलमा उक्त तालिम कार्यक्रम आयोजना गरेको हो । सहकारी क्षेत्रमा सेवा प्रवाह गर्ने कर्मचारीहरुको दक्षता र व्यवहारले संस्थाप्रति सदस्य तथा सेवाग्राहीको विश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले तालिमलाई त्यसैअनुरूप केन्द्रित गरिएको आयोजकले जनाएको छ ।

२०७८ सालमा विधिवतरुपमा स्थापना भएको कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि तथा मानव संसाधन विकासलाई प्राथमिकतामा राख्दै नियमितरुपमा विभिन्न विषयमा तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

क्लबले आगामी दिनमा पनि सहकारी क्षेत्रमा कार्यरत जनशक्तिको व्यावसायिक क्षमता विकास, सेवा संस्कारमा सुधार तथा सहकारी संस्थाको संस्थागत विकासमा योगदान पुग्ने खालका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३१, आईतवार १३:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP