• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न

काभ्रे । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले रक्तदान कार्यक्रमसहित शुभकामना आदानप्रदान गर्दै आफ्नो छैटौँ स्थापना दिवस मनाएको छ ।

क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थ र जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष अमन पोटेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको व्यवस्थापन तथा संयोजन बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको थियो । कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । यसअघि पनि स्थापना दिवसको अवसर पारेर क्लबले सहकारी संस्थामा अग्रभागमा रही काम गर्ने कर्मचारीहरूका लागि ‘सहकारी सेवा संस्कार रूपान्तरण’ कार्यक्रम सञ्चालन गरेको थियो ।

सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरूको क्षमता विकास अपरिहार्य रहेको सन्दर्भमा आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले क्लबको स्थापना भएको हो ।

क्लबको स्थापना २०७८ भदौ २ गते नौ जना व्यवस्थापकहरूको पहलमा भएको थियो । सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापकहरूबीच अनुभव आदानप्रदान, क्षमता विकास तथा संस्थागत सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको क्लबले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक गतिविधि गर्दै आएको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २, मंगलवार १७:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP