• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

गरिमा चौधरीलाई न्यायको माग गर्दै धुलिखेलमा विद्यार्थीको र्‍याली

गरिमा चौधरीलाई न्यायको माग गर्दै धुलिखेलमा विद्यार्थीको र्‍याली

धुलिखेल । बारा जिल्लाको जितपुर नगरपालिका–१, दसधुरकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै काभ्रेको धुलिखेलमा विद्यार्थीहरूले र्‍याली निकालेका छन् ।

धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पताल चोकबाट लिओ क्लबका अध्यक्ष दिवस ढुङ्गानाको नेतृत्वमा सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत करिब २५/३० जना विद्यार्थी र्‍यालीमा सहभागी भएका थिए ।

विद्यार्थीहरूले गरिमा चौधरीका लागि न्यायको माग गर्दै विभिन्न नारासहित र्‍याली सुरु गरेका थिए । र्‍याली हजार सिँढीसम्म पुगेकाे थियाे ।

र्‍याली सम्पन्न भएपछि धुलिखेलको सरस्वती बजार–बागचोक क्षेत्रमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियाे । बालिकामाथि भएको जघन्य घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने मागसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ६, शनिबार १९:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP