• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

रसुवा भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, हालसम्म ३८९ जनाको मृत्यु

रसुवा भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, हालसम्म ३८९ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ३८९ जनाको मृत्यु भएको छ भने ४६६ जना घाइते तथा उद्धार गरिएको जनाइएको छ ।

बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा सुरक्षा तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।

मृत्यु हुनेको संख्या विभिन्न जिल्लामा फरक–फरक रहेको छ । विवरणअनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको मृत्यु भएको छ । त्यस्तै, घाइते तथा उद्धार गरिएका व्यक्तिहरूमध्ये रसुवामा २८९, नुवाकोटमा ९०, धादिङमा ३ र काठमाडौंमा ८४ जना रहेको विवरणमा उल्लेख छ ।

बाढीपछि सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी, घाइतेको उद्धार तथा प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीले विपद् प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतसम्बन्धी कामलाई निरन्तरता दिइरहेको जनाएको छ । यो विवरण २०८३ भदौ ११ गते राति ९ बजेसम्मको अवस्थालाई समेटिएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ११, बिहीबार २१:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP